बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सीमा नाका झुलाघाटमा पक्की पुल बनाउन पहल गरिने

शुक्रबार, ०७ जेठ २०७३, ०८ : ४७
शुक्रबार, ०७ जेठ २०७३

बैतडी– वाणिज्य मन्त्री जयन्तबहादुर चन्दले सीमा नाका झुलाघाटमा पक्की पुलको लागि पहल गर्ने बताएका छन् ।

वाणिज्य मन्त्रालयको आयोजनामा बैतडीमा व्यापार प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । विश्व व्यापारको बदलिँदो स्वरुप र बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय व्यापार तथा पारवहन व्यवस्थाबाट अधिकतम फाइदा लिन व्यापारिक, भौतिक र संस्थागत संरचनाको सुधार एवम् विकास गर्न मन्त्रालयले विभिन्न कार्यक्रम ल्याएको समेत उनले बताए ।

उनले भने, “जिल्लाको आपूर्तिजन्य क्षमतालाई सुदृढ गर्दै उत्पादित वस्तुलाई सहज र बढीभन्दा बढी निर्यात गर्न र बजार प्रवद्र्धनमा ध्यान दिन जरुरी छ ।”

पहिलो पटक जिल्लामा मन्त्रालयका मन्त्री, सचिव, सहसचिव, उपसचिवको सहभागितामा व्यापार प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया भएको हो । अन्तरक्रियामा वाणिज्य नीति–२०७२ का बारेमा जानकारी गराउँदै नेपाल व्यापार एकीकरण रणनीति र सुदूरपश्चिमको निर्यात क्षमताबारे जानकारी गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप