राष्ट्रपति आज रामग्राम आउने
नवलपरासी– राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी हुँदै नवलपरासी आउने भएका छन् ।
राष्ट्रपति भण्डारी पहिले लुम्बिनी, त्यसपश्चात् तिलौराकोट र दिउँसो नवलपरासीको रामग्राम स्तुप आउने मौखिक जानकारी आएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।
सो अनुसारको सुरक्षा व्यवस्थापन मिलाइएको बताउँदै प्रजिअ पन्थले भने, “हामीलाई लिखित पत्र आएको छैन तर पनि मौखिक रुपमा राष्ट्रपति भण्डारी भगवान् गौतमबुद्धको अस्थिधातु रहेको स्थल नवलपरासीको रामग्राम स्तुपमा दिउँसो आउने कार्यक्रम तय भएको छ ।” २५६०औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा राष्ट्रपति भण्डारी बुद्ध जन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थल तिलौराकोट तथा रामग्राम स्तुप क्षेत्रको अवलोकन गर्न आज यसतर्फ आउन लागेका हुन् ।
राष्ट्रपति भण्डारीले विशेषगरी शनिबार लुम्बिनीमा आयोजना हुने २५६०औँ बुद्धजयन्ती मूल समारोह उद्घाटन गर्ने कार्यक्रम यस अगावै तय भइसकेको छ । सो भव्य समारोहमा जेठ ६ र ७ गते काठमाडाँैमा जारी बौद्ध अन्तर्राष्ट्रिय गोष्ठीमा निकालिएको निष्कर्षलाई घोषणापत्रका रुपमा जारी गरिने लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण