बैतडीमा आत्महत्या घटना दोब्बरभन्दा बढी
बैतडी– बैतडीमा गत वर्षभन्दा दोब्बर भन्दा बढीले आत्माहत्या गरेका छन् । गत आर्थिक वर्षमा १६ जनाले आत्महत्या गरेका थिए भने चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी छँदै आत्महत्या गर्नेको सङख्या दुई दर्जनभन्दा बढी पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्म बैतडीमा २७ जनाले आत्महत्या गरेका छन् जसमध्ये सबैभन्दा बढी २२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
त्यस्तै, विष सेवन गरेर तीन जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रमुख प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले बताए । उनले भने, “एक जनाले आत्मदाह र एक जनाले नदीमा हाम फालेर आत्महत्या गरेका छन् ।” गत आव २०७१/७२ मा झुन्डिएर १४ र विष सेवन गरेर दुई जनाले जनाले आत्महत्या गरेका थिए ।
आत्महत्याका घटना बढ्दै जानुमा पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवन लगायतका कारण रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।
उनले भने, “प्रेममा धोका पनि आत्महत्याको कारण रहेको छ ।” आत्महत्यालाई कम गर्न प्रहरीले जनचेतनाको कार्यक्रम व्यापकरुपमा सञ्चालन गरिरहेको भएपनि यो नियन्त्रणमा चुनौती रहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण