बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लमजुङ बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शुक्रबार, ०७ जेठ २०७३, १६ : ३१
शुक्रबार, ०७ जेठ २०७३

दमौली – तनहुँको दमौलीबाट दुईपिप्ले, सोतीपसल हुँदै जिताकोट जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको बस बिहीबार साँझ मध्यनेपाल नगरपालिका–५ तामाखानीस्थित तारेभिरबाट करिब ३०० मिटर तल खसी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पछिल्लो पटक मृत्यु हुनेमा मध्यनेपाल नगरपालिका–६ बस्ने १६ वर्षीय सागर थापा र दुई महिनाकी बालिका जोया खवास रहेका छन् । उनीहरुलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पाल पोखरा पु¥याउनासाथ अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी घटनास्थलमै नौ जनाको मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेमा मध्यनेपाल नगरपालिका–१ बस्ने ६० वर्षीय रामकृष्ण गुरुङ, सोही ठाउँकी ४० वर्षीया रमा गुरुङ, ६० वर्षीया चिनुमाया गुरुङ, ३५ वर्षीय राजु गुरुङ, १८ वर्षीया सविता गुरुङ, ४५ वर्षीय शेरबहादुर गुरुङ, ४२ वर्षीय नारायण थापा, ३२ वर्षीय गणेश गुरुङ र ४५ वर्षीया मीना गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

सोही दुर्घटनामा परी घाइते हुनेमा मध्यनेपाल नगरपालिका–५ का २२ वर्षीय सुक्मित गुरुङ, वडा नम्बर ४ का ४० वर्षीय नेत्र गुरुङ, ४८ वर्षीया विष्णुमाया गुरुङ, ७० वर्षीया लीलामाया खवास, सोही ठाउँका ६१ वर्षीय टेकबहादुर खवास, २१ वर्षीय सुरेश खवास र वडा नम्बर १ की ३६ वर्षीया सम्झना गुरुङ रहेको प्रनाउ गुरुङले बताए । ती सबै घाइतेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका नौ जनाको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको जिल्ला स्वास्थ्य प्रमुख डा पवनजङ्ग रायमाझीले बताए । मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएकाको लास उतै राखिएकाले पोखरामै शवपरीक्षण गरिने बताइएको छ ।

उक्त बस सहचालकले चलाएकाले दुर्घटना भएको र बस चालक सुरज विक भने अहिलेसम्म फरार रहेको इलाका प्रहरी कार्यालय दुईपिप्लेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप