काठमाडौंमा जामै–जाम
काठमाडौँ - काठमाडौँ उपत्यकाका मुख्य चोकमा ट्राफिक जाम हुने गरेको छ । काठमाडौँ उपत्यकामा धेरै सवारीसाधन र सडक साँघुरो हुँदा धेरै जाम पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिन बताउँछन् ।
उनी भन्छन्, “काठमाडौँ उपत्यकामा आठ लाख ५० हजारभन्दा बढी सवारीसाधन रहेको र एक हजार ५०० किलोमिटर मात्र सडक भएकाले धेरै जाम पर्ने गरेको हो ।”
काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, कालीमाटी, भोटेबहाल, थापाथली, माइतीघर, कलङ्की, जमल, केशरमहल, खानी विभाग, सोह्रखुट्टे, बालाजु, चावहिल, ग्वार्को, कोटेश्वर, जडीबुटी लगायतका चोकमा धेरै ट्राफिक जाम हुने गरेको पाख्रिनले बताए ।
उनले यी चोकमा एउटा सवारीसाधनले कम्तीमा पाँचदेखि सात मिनेट रोकिनुपर्ने बताए । “अफिस समयमा अझ बढी जाम हुने गरेको छ”, पाख्रिनले भने।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेत सडक निर्माण र जथाभावी सवारीसाधन रोक्दा धेरै जाम हुने गरेको बताउनुहुन्छ । उनी भन्छन्, “सवारीसाधन धेरै छन्, काम परेर रोक्नुप¥यो भने पार्किङको समस्या छ, सडकमै पार्किङ गर्छन्, जाम हुन्छ ।”
यस्तै, बर्खायाममा उपत्यकाका अधिकांश सडकमा पानी जम्ने हुनाले अझ धेरै जाम हुने गरेको छ । तीनकुने, त्रिपुरेश्वर, जमल, केशरमहल लगायतका चोकमा पानी निकास गर्ने स्थान नहुँदा सानो पानी पर्दासमेत पोखरी हुने गरेको छ ।
यस्तै, नयाँबानेश्वर चोकमा आकाशे पुल नहुँदा मानिसले सडकबाटै बाटो काट्दासमेत जाम हुने गरेको महाशाखाले जनाएको छ । यसरी उपत्यकामा दिनानुदिन जाम बढ्दै गए पनि यसलाई न्यूनीकरण कसरी गर्ने भन्नेमा ट्राफिक प्रहरी अन्योलमा छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक बस्नेत सडक जाम कम गर्न पूर्वाधार निर्माणका लागि सडक विभाग र नगरपालिकासँग छलफल चलाइरहेको बताउँछन्।
उपत्यकामा ट्राफिक जनशक्ति कम र विशिष्ट व्यक्तिको आवागमन हुँदा सवारी जाममा थप समस्या पर्ने गरेको छ । उपत्यकामा दुई हजारभन्दा बढी ट्राफिक जनशक्ति हुनुपर्नेमा हाल एक हजार २०० जनशक्ति रहेको छ ।
यस्तै, नारा, जुलुस निस्कँदा त सवारीसाधन झन् अस्तव्यस्त हुने गरेको महाशाखाले जनाएको छ । रा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण