बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सडकमा भेटिएको चकलेट खाँदा बेहोश

शुक्रबार, ०७ जेठ २०७३, १० : ४०
शुक्रबार, ०७ जेठ २०७३

महोत्तरी - महोत्तरीको सीतापुरमा सडकमा फालेको चकलेट खाँदा एकजना व्यक्ति बेहोस भएका छन् । आज बिहान सडकमा फालिएको चकलेट खाँदा सीतापुर भङ्गहा–८ का राजनारायण यादव बेहोस भएका हुन् । आज बिहान घरको अगाडि भेटिएको चकलेट सुनैनादेवीले आफ्ना पति राज नारायणलाई खान दिएको र सो खाएपछि बेहोस भएको प्रहरी चौकी सीतापुरले जनाएको छ । चकलेट खाएको आधा घन्टापछि बेहोस भएका यादवको उपचार स्थानीय माँ जानकी क्लिनिकमा भइरहेको प्रहरी नायब निरीक्षक मोहम्मद नुरुलले जानकारी दिए। सो सम्बन्धमा छानबिन भइरहेको प्रहरी नायब निरीक्षक नुरुलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप