बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैकल्पिक राजमार्गको पुल निर्माणमा प्रहरी अवरोध

शुक्रबार, ०७ जेठ २०७३, १० : ४५
शुक्रबार, ०७ जेठ २०७३

उदयपुर – बैकल्पीक राजमार्गमा पर्ने पुल निर्माण कार्यमा प्रहरीले अवरोध गरेको छ । सिन्धुली र उदयपुरको सिमामा पर्ने ककुर खोलाको पुल निर्माणमा इलाका प्रहरी कार्यालय कटारीले अवरोध गरेको हो ।

प्रहरी कार्यालय कटारीले सो क्षेत्र चुरे क्षेत्रमा पर्ने भएको भन्दै पुल निर्माणको लागि आवश्यक पर्ने उपकरण जडान गर्न रोक लगाएको निर्माण कम्पनीले जनाएको छ ।

धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक योजना अन्तरर्गत पर्ने उक्त पुलको प्रहरीले स्क्रिन प्लान्ट खोलामा राख्न नदिएपछि काम अवरुद्ध भएको पुल निर्माण कम्पनी गौरीपार्वती/निलगीरी/नेसनल जेभीले जनाएको छ ।

मन्त्रीपरिषदले निर्णय गरेर आगामी तीन वषभित्र सम्पन्न गर्ने गरी योजनाको तिब्र बनाएपनि इप्रका कटारीका प्रहरी नायव उपरिक्षक दिपक बस्नेतले रोकेको आरोप निर्माण कम्पनीले लगाएको छ । सडक आयोजना कार्यालय हेटौडाले २०७३/०२/०३ मा जिल्ला विकास समिति उदयपुरलाई पत्रलेखी प्रहरीद्वारा भएको निर्माण अवरोध हटाईदिन आग्रह गरेको छ ।

निर्माण कम्पनिले काम थालेपछि पुल निर्माण स्थलमा खाल्टो खनेर निस्कीएको गिट्टी बालुवा प्रशोधन गर्न स्क्रिन प्लान्ट जडान कार्य गरिरहँदा स्थानीय निकायको अनुमति पत्र आवाश्यक भएको भन्दै निर्माण काम रोकेकोले अवरोध हटाईदिन हुन भनेर जिविसलाई पत्र पठाएको छ ।

पुल निर्माणमा प्रहरीले अवरोध गरेकाले सडक योजना प्रमुखसँग कुरा गरेर काम सुचार गर्न सुझाव दिएको स्थानीय विकास अधिकारी पीताम्बर अधिकारीले बताए । एलडियो अधिकारीले भने, ‘डिएसपी सावले काम रोकेको भनेर आयोजनाको कार्यालयबाट पत्र आएपछि मैले काम गर्न दिने वातावरण वनाउन प्रहरीसँग समन्वय गरेको छु ।’ स्थानीय निकायले उक्त आयोजनाबाट स्थानीय कर लिएर निर्माण कार्य गर्न दिने गरि प्रयास भईरहेको एलडियो अधिकारीले जनाकारी दिए ।

इप्रका कटारीका डिएसपी दिपक बस्नेतसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यसै सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक मदन गिरीले उक्त निर्माण स्थल चुरे क्षेत्रमा परेकाले डोजर प्रयोग गर्न थालेपछि काम रोकेको जानकारी दिए । उनले भने ‘जिविसलाई बुझाएको स्थानीय करको प्रमाण पेस नगरेकाले काम रोक्न बाध्य भयौ ।’ निरिक्षक गिरीले भने, ‘कुनै प्रमाण नभएकाले बाध्य भएर कम रोक्न लगाएका हौं र जिविसको कुनै पत्र आएको खण्डमा काम सुचारु गर्न दिने छौ ।’

नेपाल सरकारले पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण थालेको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक महत्वका साथ काम थालेको छ । ०७२ माघ ४ गतेको मन्त्रीपरिषदको बैठकले निर्णय नम्वर ६ बुँदामा भनिएको छ ‘निमार्ण कार्यालयको लागी खोला नाला तथा खानी क्षेत्रबाट निर्माण सामग्रि उत्खन्न गर्दा कानुन बमोजिम लाग्ने कर आयोजनाले सम्बन्धी जिविसलाई बुझाउने गरी सम्बन्धीत निकायलाई उत्खन्न गरी प्रयोग गर्न अनुमति दिएको छ ।’

भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयबाट ०७० चैत्र ११ गते ककुर खोला पुल निर्माण क्षेत्र भित्र पर्ने ‘भिमान–कटारी–नेपालटार सडक खण्डको आईइ (प्रारम्भिक वातावरणीय परीक्षण) समेत भएको भनेर उल्लेख गरिएको योजनाको कार्यालयले जिविस उदयपुरलाई पठाएको पत्रमा उल्लेख रहेको छ ।

नाकाबन्दी सहज भएसंगै २०६४ सालमा सुरु भएको योजनाको काम सुस्त गतिमा अगाडि बढिरहँदा तराई आन्दोलनसंगै नाकाबन्दीपछि सरकारले चाँडो काम सम्पन्न गर्न पहल थालेको हो । ०६६ सालमा हेटौंडामा कार्यालय स्थापना गरेर काम भइरहे पनि अब गाईघाटमा अर्को कार्यालय खोलेर अनुगमन लगायत कार्यलाई तीव्रता दिने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप