मधेशी ट्रेड युनियनबाट अध्यक्ष र उपाध्याक्ष बर्खास्त
शुक्रबार, ०७ जेठ २०७३, ११ : ५२
काठमाडौं – मधेशी ट्रेड यूनियन महासंघ नेपालले अध्यक्ष र उपाध्यक्षलाई बर्खास्त गरेको छ । बर्खास्तीमा पर्नेमा अध्यक्ष पल्टन ठाकुर र उपाध्यक्ष सीता शरण ठाकुर रहेका छन् ।
महासंघको अनुशासन विपरित काम गरेको भन्दै उनीहरुलाई निश्काषन गरिएको वरिष्ठ उपाध्यक्ष उषा तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तो छ विज्ञप्तिः
मधेशी ट्रेड यूनियन महासंघ नेपालका अध्यक्ष पल्टन ठाकुर र उपाध्यक्ष सीता शरण ठाकुरले महासंघको विधान २०६८ को धारा १२ मा व्यवस्था भएको अनुशासन सम्बन्धी व्यवस्थाको पटक–पटक उल्लंघन गरी महासंघको हित विपरीत काम गरी सर्वसाधारणमा भ्रम फैलाउने कार्य गरेको हुँदा मधेशी टे«ड यूनियन महासंघको मिति २०७३ जेठ ६ गतेको बैठकले निज पल्टन ठाकुर र सीता शरण ठाकुरलाई महासंघको धारा ११ (३) बमोजिम महासंघको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको छ ।
........................ बरिष्ठ उपाध्यक्ष उषा तामाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण