बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति भण्डारी लुम्बिनीमा

शुक्रबार, ०७ जेठ २०७३, १२ : ५८
शुक्रबार, ०७ जेठ २०७३

नवलपरासी - राष्ट्रपति विद्यादेवी भण्डारी केही समयअघि लुम्बिनी आइपुगेकी छिन् । हेलिकप्टरबाट अपरान्ह १२ बजेतिर लुम्बिनी आइपुग्नुभएका राष्ट्रपति भण्डारीले लुम्बिनीमा केहीबेर पूजाअर्चना गर्ने कार्यक्रम छ ।

पूजाअर्चनापछि दिउँसो कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुपक्षेत्रको अवलोकनका लागि त्यसतर्फ जनेछिन् ।

२५६० औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा राष्ट्रपति भण्डारी बुद्धजन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थल कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुप क्षेत्रको अवलोकन गर्न आज यसतर्फ आएकी हुन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको बुटवलस्थित २२ नम्बर बाहिनीमा बस्ने कार्यक्रम रहेको बज्रदल गण नवलपरासीका सेनानी पूर्णप्रसाद ढकालले जानकारी दिए । राष्ट्रपति भण्डारीले शनिबार लुम्बिनीमा आयोजित २५६० औँ बुद्धजयन्ती मूल समारोहलाई उद्घाटन गर्नेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप