बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डोल्पामा बिद्यार्थी कुर्दै शिक्षकहरु

शुक्रबार, ०७ जेठ २०७३, १४ : ०३
शुक्रबार, ०७ जेठ २०७३

डोल्पा – यार्सागुम्बा सिजन सुरु भएसंगै डोल्पाका बिद्यालयहरु बन्दहुँदै गएकाछन् बिद्यार्थीहरु बर्षभोरीको पढाई खर्च उठाउन यार्साखोज्न पाटनतिर जान थालेपछि बिद्यालयहरु बन्द हुँदै गएका छन् ।

यार्सागुम्बा सिजनमा एक महिनाभन्दा धेरै बिद्यालय बन्दभई पठनपाठन प्रभावित हुनेभएकाले यस सिजनमा बिद्यालय बन्द नगर्न जिल्ला शिक्षा कार्यलयको निर्देशन थियो ।

कार्यलयको निर्देशन अनुसार बिद्यालय बन्द नगरेर शिक्षकहरु नियमित बिद्यालयमा जाने गरे पनि बिद्यार्थी आउन छाडेपछि बिद्यालयहरु बन्द हुन गरेको त्रिपुरा माविका प्रधानाध्यापक हेमराज हमालले बताए ।

जिशिकाले दश गते सम्म अनिवार्य रुपमा बिद्यालय खोल्नुपर्ने भनेकाले बिद्यार्थी पढ्न आउने आसमा शिक्षकहरु बिद्यालयमा कुर्ने गरेको उनले बताए ।

शिक्षकहरु पाटन नगई बिद्यालयजाने गरेतापनि बिद्यार्थी आउनछाडेपछि बिद्यार्थी कुर्दै चार बज्ने त्रिपुरा माविका शिक्षक पुर्णकेशर न्यौपानेले बताए ।

यार्सासिजनसंगै बिद्यालयमा बिद्यार्थीहरुको शुन्य उपस्थिती रहेको न्यौपानेले बताए ।

बिद्यार्थी आए शिक्षकहरु पढाउन तयार रहेकाले पठनपाठन प्रभावितहुनुमा शिक्षक दोषि नभएको उनले बताए ।

यार्सा सिजन डोल्पाली बिद्यार्थीहरुको कमाईगर्ने सिजन भएकाले बिद्यार्थीलाई रोक्न नहुने सबैजसो अभिभाबक बताउँछन् । बिद्यालयमा बिद्याथी आउन छाडेपछि शिक्षकहरु फुर्सदी भएकाछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप