बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वमा पहिलो पटक कार मेला आयोजना

शुक्रबार, ०७ जेठ २०७३, १४ : ०५
शुक्रबार, ०७ जेठ २०७३

इटहरी – टाटा मोटर्स कम्पनिले काठमाडौ उपत्यका बाहिर पहिलो पटक इटहरीमा कार मेलाको आयोजना गरेको छ । इटहरी स्थित सिप्रदी टे«डिङको सहयोगमा इटहरीको ओसन पार्कमा दुई दिने मेला आयोजना गरेको हो ।

टाटा मोटर्सका कार र जिपमा बिशेष अफर सहितको मेलामा एक्सचेन्ज अफर, फाईनान्सको सेवा र कार र जिपको उचित मुल्याकन सहितको सेवा उपलब्ध छ । ग्राहकलाई एउटै छातामा टाटा कम्पनिका कार र जिपको बिशेषताका बारेमा जानकारी एवम रमाइलो गराउन मेला आयोजना गरिएको टाटा मोटर्सका कार बिभागका म्यानेजर कैलाशवाबु गेलालले जानकारी दिए ।

ग्राहकलाई कम्पनिको कारको बारेमा जानकारी दिनुको साथै रमाइलो गराउन ओसन पार्क भित्रै नुहाउन, फेस पेन्टिङ, नेल आर्ट, कन्सर्ट तथा खानाका बिशेष परिकारको सेवा पनि दिइएको गेलालले बताए ।

साथै बिभिन्न मेडलका कारको टेष्ट ड्राईभको पनि व्यवस्था गरिएको छ । टाटाका नयाँ मेडलका जिष्ट, बोल्ट कार र स्ट्रोम जिप खरिदमा आकर्षक उपहार समेत राखिएको छ । जसमा मोबाईल, भेस्पा स्कुटर र अन्य आकर्षक उपहार दिने योजना छ ।

यस्तै गाडी फाईनान्स गर्नेहरुको लागी एनआईसी एसिया बैंकले मेलामा नै आफनो सेवा दिने बताइएको छ । कम्पनिले गाडी फाईनान्सको लागी अन्य बैंक भन्दा निकै सस्तो २.९९% ब्याजमा सेवा दिने छ ।

काठमाडौमा टाटा मोटर्सले प्रत्येक बर्षको तिन पटक कार मेला आयोजना गदै आएको छ । तर पहिलो पटक पूर्वमा पनि कार तथा जिप चढने ग्राहकको सेवा तथा जानकारी दिने उदेश्यका साथ मेला आयोजना गरिएको कम्पनिले जनाएको छ । मेलामा करिब ५ सय बढी ग्राहकले सेवा लिने आयोजकले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप