बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निरिक्षण गर्ने प्राध्यापक डाक्टारले नै फर्जी काम गरेपछि !

शुक्रबार, ०७ जेठ २०७३, १५ : २८
शुक्रबार, ०७ जेठ २०७३

काठमाडौं – सरकारले गण्डकी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल पोखराको एमबिबिएसतर्फको सिट संख्या निर्धारण गर्नका लागि बनाएको निरिक्षण टोलीका सदस्य प्राध्यापक डाक्टर गणेश कुमार राई आफैँले नक्कली काम गरेको खुलासा भएको छ ।

स्थलगत निरिक्षण गरेर प्रतिवेदन दिनुपर्नेमा उनले गलत विवरण देखाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त निजि स्तरमा सञ्चालित गण्डकी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल प्रा।लि।पोखराको एम।वि।वि।एस। तर्फको सिट संख्या निर्धारण गर्नका लागी नियमित निरीक्षण गरी तोकीएको शर्त बमोजिम प्रतिवेदन पेश गर्न निरिक्षण टोली गठन भएकोमा उक्त निरीक्षण टोलीमा सदस्य तोकीएका प्रा. डा. गणेश कुमार राई समेतले सरकारी निकाय तथा सार्वजनिक संस्थाको कामको सिलसिलामा कुनै विषयको अध्ययन वा जाँचबूँझ गरी प्रतिवेदन दिनु पर्नेमा स्थलगत जाँचबुँज गरी प्रतिबेदन दिदाँ बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई हुदै नभएका गलत विवरण देखाएको पाइएको छ ।’

कलेजले त्रिभुवन विश्र्वबिद्यालयबाट पद स्विकृत नभएका बिषयहरुका फ्याकल्टीहरुको विवरण उल्लेख गरी १५० सिट संख्याका लागि भौतीक पुर्वाधार, फ्याकल्टीहरु तथा अन्य झुठ्ठा विवरणहरु दिइएको पाइएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा ९२० बमोजिम कसुर गरेको पुष्टी हुन आएको तथा गण्डकी मेडीकल कलेजका अध्यक्ष खुमा प्रसाद अर्याल लगायत सञ्चालकहरुले मेडीकल कलेजमा कलेजका अध्यक्ष खुमा प्रसाद अर्याल तथा अन्य सञ्चालकहरुले समेत विभिन्न झुठा विवरण देखाएको भन्दै अख्तियारले उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडी बढाएको छ । अख्तियारले आज १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालका मेडिकल कलेजहरु आवश्यक पूर्वाधार बिना नै संचालन भएको,गुणस्तर एकदमै न्यून रहेको, अध्यापक तथा बिद्यार्थीहरु समेत भारतीय मुलका नक्कली हुने गरेको लगायत मेडीकल काउन्सिलको मिलोमतोमा मेडीकल कलेजहरुले अनियमितता गरेको भन्ने उजुरीहरु धेरै आउने गरेको अख्तियारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप