भारतमा किर्तिमानी ५१ डिग्री सेल्सियस तापक्रम
काठमाडौं – राजस्थानमा शुक्रबार तापक्रम ५१ डिग्री सेल्सियस पुगेको छ । तापक्रम नाप्न शुरु गरेपछि भारतमा रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम हो ।
भारतमा लु चलिरहेको बेला राजस्थानको फालोडीमा उक्त तापक्रम मापन गरिएको छ । यसअघि सन् १९५६ मा ५०.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
भारतको उत्तरी भागमा तातो हावाले जनजीवन प्रभावित पारेको छ । हप्तौदेखि त्यस क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रहेको छ ।
भारतमा मनसुन शुरु हुनअघि जहिले पनि गर्मी हुने गरे पनि यसपटक भने मानिसको ज्यानलाई नै खतरा हुने गरी तापक्रम बढिरहेको भारतका मौसमविद्हरुले चिन्तासमेत व्यक्त गरेका छन् ।
तातो हावा यो हप्तासम्म चल्ने चेतावनी मौसमविद्हरुले दिएका छन् ।
यस वर्ष तातो हावाका कारण भारतको दक्षिणी राज्य तेलाङगाना र आन्ध्र प्रदेशमा दर्जनौंले ज्यान गुमाइसकेका छन् ।
भारतमा मनसुन आउन आउन अझै एक महिना बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण