बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई मन्त्रालयको भवन निर्माणमै भ्रष्टाचार, सदस्य सचिवसहित ४ विरुद्ध मुद्दा दायर

शुक्रबार, ०७ जेठ २०७३, १६ : ५९
शुक्रबार, ०७ जेठ २०७३

काठमाडौं – सिंहदरवार हाताभित्र रहेको शिक्षा तथा खेलकुद मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको भवन निर्माणमा भ्रष्टाचार भएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको ठहर गर्दै सिंहदरवार सचिवालय पुनर्निर्माण समितिका तत्कालिन सदस्य सचिवसहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायरसमेत गरिएको छ ।

अख्यितारले तत्कालिन सदस्य सचिव मनिप्रसाद राई, तत्कालिन उपसचिव (लेखा) रामबहादुर के.सी.,तत्कालिन ईन्जिनियर जगत बहादुर रानाभाट उपर ६८,७७,२५० रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरेको हो । त्यस्तै गोरखा कन्सट्रक्सन कम्पनी चक्रेश्वरी जेभीका आधिकारिक प्रतिनिधि विजयबाबु मल्लविरुद्ध पनि ६८,७७,२५० रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्तियारको अनुसन्धानमा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको भवन निर्माणमा कुनै पनि बढि रकम भुक्तानी नगरेतापनि शिक्षा तथा खेलकुद मन्त्रालयको भवन निर्माण कार्यमा मात्र मूल्य समायोजनको सुत्रमा गलत इन्डेक्स प्रयोग गरेको , कार्यालयको निर्णय कार्यान्वयन गरी ठेकेदारलाई अघिल्ला रनिङ बिलहरुमा बढी भुक्तानी गरिएको रकम पछिल्लो बिल हरु भुक्तानी गर्दा सच्याउनु पर्नेमा नगरेको, महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरिएको बेरुजुलाई स्वीकार गरेर तिरिसकेपछी पनि बेरुजुमा उठान गरिएका विषयहरुमा भएको गल्ती पुनस् पटकपटक दोहोर्याई ठेकेदार कम्पनीको मिलोमतोमा आफुहरुलाई गैरकानुनी लाभ पुर्याउने काम गरेको पाइएको थियो ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९३० बमोजिमको कसुर गरेको पुष्टी हुन आएको उल्लेख गर्दै अख्तियारले आज विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप