हावाहुरीले विद्यालयको छानो उडाउँदा बीस लाखको क्षति
शुक्रबार, ०७ जेठ २०७३, १७ : ०५
डोल्पा– गत मङ्गलबार दिउँसो २ बजेतिर एक्कासि चलेको हावाहुरीले आदर्श उमावि जुफालको जस्ताको छानो उडाएको छ ।
पाँचकोठामा पूर्णरुपमा क्षति पुगेको र बाँकी दुईकोठामा आंशिक क्षति पुगेको उमाविका प्राचार्य पूर्णबहादुर डाँगीले बताए ।
कक्षा ५ देखि उमावि तहसम्मका सबै कोठा गरेर रु २० लाख बराबरको क्षति भएको डाँगीले बताए ।
बीस वर्ष अगाडि निर्माण गरिएको जीर्ण भवनलाई गतवर्ष वैशाख १२ को भूकम्पले पनि थप क्षति पु¥याइदिएको हो । मङ्गलबारको हावाहुरीले भवनको छत पूर्णरुपमा क्षति पु¥याएकाले खाली चौरमा पढाउनुपर्ने बाध्यता आइलागेको प्राचार्य डाँगीले बताए ।
स्थानीयवासी भुपेन्द्र मल्लको दुईकोठे भान्सा र पानीट्याङ्कीमा समेत असर गरेको विव्यस अध्यक्ष गोपालबहादुर शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण