बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधानको प्रभावकारी कार्यान्वयन मुख्य कार्यभार : एमाले सचिव विष्ट

शुक्रबार, ०७ जेठ २०७३, १५ : ३४
शुक्रबार, ०७ जेठ २०७३

म्याग्दी – नेकपा एमालेका सचिव गोकर्ण विष्टले संविधानको प्रभावकारी कार्यान्वयन नेपालको प्रमुख राजनीतिक कार्यभार भएको बताएका छन् ।

बेनीमा शुक्रबार सुरु भएको एमाले म्याग्दीको दोस्रो जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विष्टले देशको सम्वृद्वि र लोकतान्त्रीक आन्दोलनमार्फत प्राप्त उपलब्धीलाई संस्थागत गर्न राष्ट्रिय एकतामा जोड दिए ।

वर्तमान सरकारले संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय निकायको निर्वाचन गरेर जनतालाई आफ्ना प्रतिनिधिमार्फत शोषित हुने अधिकार दिन लागेको सचिव बिष्टको भनाई छ । सचिव विष्टले जनताको आर्थिक सामाजिक समस्या सम्बोधनका लागि राजनिति केन्द्रित गर्नुेपर्नेमा जोड दिए ।

उनले लोकतान्त्रीक अभ्यासको नाममा गुटबन्दीको मनोविज्ञान तोड्न कार्यकर्तालाई निर्देशन दिए । नेपालीको विकासमा पैसाको नभएर दृष्टिकोण र आँटको कमी रहेको पूर्व–उर्जामन्त्री समेत रहेका बिष्टले तर्क गरे  ।

उनँले श्रमीकहरुलाई सहकारीमार्फत बचत गर्ने व्यवस्था मिलाउने र त्यस बचतलाई जलविद्युत, पर्यटनसँग सम्बन्धित आयोजनामा सेयर लगानी गर्न सकेमा उनीहरुको जीवन स्तरमा छिटो परिवर्तन ल्याउन सकिने विचार व्यक्त गरे ।

कानुन बनाएर रेमिट्यान्सलाई पर्यटन र जलविद्युतमा लगानी गर्नुपर्ने बिष्टको भनाई छ । फरक प्रसंगमा नेता बिष्टले अब भाषण कम र काम बढी गर्नुपर्ने अवस्था आएको बताए । उनले काम र प्रगतीको आधारमा नेता, कार्यकर्ताको मूल्याङ्कन गर्ने पद्दतीको थालनी गराउने उद्घोष गरे ।

कार्यक्रममा एमालेका नेता सोमनाथ प्यासी, वैकल्पिक केन्द्रीय सदस्य भुपेन्द्र थापा, सांसद् नवराज शर्मा, केन्द्रिय लेखा आयोगका सदस्य ढाकाराम अर्याल र जिल्ला सल्लाहकार समितिका सभापति रामप्रसाद सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवेन्द्र केसीको स्वागत र सचिव बालकृष्ण सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रम सुरुहुनु पहिले ¥यालीसहित बजार परिक्रमा गरिएको थियो ।

दुई सय जना सहभागि दुई दिनसम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजनाको विषयमा छलफल हुने अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । एमाले म्याग्दीले कार्यकर्तालाई उत्पादनशिल गतिबिधिमा संलग्न गराउने, संगठनमा एकता कायम गर्ने र जिल्लाको सम्बृद्धीमा सहयोग पुग्ने कार्ययोजना अघि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप