गरिमा विकास बैंकको २७ औं शाखा काठमाडौंको सामाखुसीमा
काठमाडौं –पोखरामा केन्द्रीय कार्यालय भएको गरिमा विकास बैंकले पहाडदेखि तराईसम्म, शहरदेखि गाउँसम्म भन्ने नाराका साथ काठमाण्डौंको सामाखुसीमा २७ औं शाखा बिस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेल ज्यूले उक्त शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरिमा विकास बैंकलाई विकास बैंकमा सबैभन्दा उत्कृष्ट बैंक बनाउन आफुहरु लागि परेको बताए । ‘निलगिरी विकास बैंकसंग मर्जर पुरा गरि सुभेच्छा विकास बैंकसंग मर्जरको प्रकृयामा रहेको बैंकलाई मर्जरबाटै विकास बैंकहरुमा उत्कृष्ट बैंक बनाउँछौं ।’ प्रमुख कार्यकारी अधिकृत ढकालले भने । बैंकर्श एशोसिएसनका अध्यक्ष श्री कृष्णराज लामिछानेले ग्रामिण क्षेत्रबाट राजधानीमा शाखा खोलेर ग्रामिण क्षेत्रमा गरिमा विकास बैंकले उदाहरणिय रुपमा वित्तीय सेवा बिस्तारको काम गरेको बताए । नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई सक्षम बन, क्षमता बढाउ, ठुलो बन अनि जोखिम वहन क्षमता बढाउ भने पनि खुलेर कारोबार गर्न नदिएको तर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराए । वित्तीय पहुँच बिस्तारको अभियानमा सघाउ पुर्याउन स्याङजाको वालिङबाट सेवा सुरु गरेको यस बैंकले यहि जेठ ३ गते सोमबारका दिन स्याङ्जा जिल्लाको चापाकोटमा आफ्नो २६औं शाखा बिस्तार गरेको थियो । २०६४ साल अशोज २४ गते ३ जिल्लामा वित्तीय सेवाका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो । यस क्रममा गरिमा विकास बैंकको शाखा सञ्जाल स्याङ्जामा ५ शाखा, कास्कीमा ४, पाल्पा, रुपन्देही र बागलुङमा २⁄२ वटा रहेका छन् । त्यसै गरि म्याग्दीमा ४, बर्दघाट शाखा सञ्चालनमा आए पछि नवलपरासीमा ३ शाखा, पर्वतमा ३ र कपिलवस्तु, तनहु र काठमाण्डौंमा एक एक शाखा गरि कुल शाखा संख्या २८ पुग्नेछ । अहिले ५ वटा एटीएम काउण्टर सञ्चालनमा रहेको बैंकले आफ्नो मुख्य कार्यालय काठमाण्डौंको नक्सालमा स्थानान्तरणका लागि नेपाल राष्ट्रबैंकबाट स्वीकृति पाईसकेको छ । २२ करोड ७३ लाख रुपैंया चुक्ता पूँजी भएको सुभेक्षा विकास बैंकसंग गत बैशाख ८ गते मर्जर सम्झौता गरेको गरिमा विकास बैंकको हाल ८५ करोड ३२ लाख रुपैंया चुक्ता पूँजी रहेको छ । यसै आर्थिक वर्ष भित्रमा मर्जर पुरा गराउने लक्ष्य सहित काम भैरहेको र मर्जर पुरा भए पछि बैंकको चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । २०७४ असार मसान्तसम्ममा बैंकले २ अर्ब ५० करोड रुपैंया चुक्ता पूँजी पुर्याउनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुरुप पूँजी बिस्तार गर्दै लगिनेछ । चालु आर्थिक वर्षको चैत मसान्तको अवधिमा बैंकले ७ अर्ब ८४ करोड ४९ लाख ५३ हजार रुपैंया निक्षेप संकलन, ७ अर्ब १६ करोड ८२ लाख ७८ हजार रुपैंया कर्जा प्रवाह गरेको छ भने उक्त अवधिमा बैंकले १४ करोड ६६ लाख ४७ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण