आत्मनिर्भर अर्थतन्त्र बनाऔं : शिक्षामन्त्री
बुटवल– शिक्षामन्त्रि गिरीराजमणि पाख्रेलले परनिर्भरता अन्तयका लागि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उद्योगी व्यवसायीहरु लगनुपर्नेमा जोड दिएका छन् ।
आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र नहुदा हालै भारतको नाकाबन्दीका कारण ठूलो सास्ती भोग्नुपरेको घटनाबाट पाठ सिकेर मुलुकलाई कृषि,पर्यटन,जलविद्युत,जडिबुटी लगायतका तुलनात्मक लाभका क्षेत्रमा आत्मनिर्भर बनाउन लगानी गर्न आग्रह गरे ।
उद्योग ब्यापार संगठन रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा मन्त्री पोखरेलले हरेक मुलुकको आर्थिक विकास र समृद्धिमा नीजि क्षेत्रका उद्योगी व्यवसायीको भूमिका अहं हुने स्पष्ट पारे ।
कार्यक्रममा संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगिकरण तथा ब्यापार विविधिकरणलाई मुख्य नारा बनाएर संगठनले काम गरिरहेको बताए ।
उनले रुपन्देही जिल्ला पर्यटन,कृषि,उद्योग र ब्यापारका क्षेत्रमा प्रचूर संभावना भएकाले संगठनले चारवटै क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गरिरहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण