बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेडिकल कलेजका सञ्चालकविरुद्ध ठगी मुद्दा

शुक्रबार, ०७ जेठ २०७३, ०८ : १९
शुक्रबार, ०७ जेठ २०७३

जनकपुरधाम– जनकपुरस्थित जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश पाण्डेसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाण्डेसहित कलेजका सेयर होल्डर समीर ढुङ्गेल र कामेश्वर साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । धनुषा प्रहरीले तीनैजनालाई ठगी मुद्दामा नियन्त्रणमा लिएको जनाइएको छ । ठगी मुद्दामा उजुरी परेका तीनैजना जिल्ला प्रहरी कार्यालयमा हाजिर भएपछि नियन्त्रणमा लिइएको धनुषाका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

प्रहरीले तीनैजनालाई आज जिल्ला अदालत धनुषामा हाजिर गराई अनुसन्धानका लागि सात दिन म्याद थप गराएको उनले बताए ।

कलेजमा अध्ययनरत विद्यार्थीसँग ठगी गरेको भन्दै जानकी मेडिकल कलेजका सञ्चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा २०७१ सालमा उजुरी परेको थियो । उनीहरुले अध्ययनरत विद्यार्थीको रु चार करोड रकम ठगी गरेको विद्यार्थीले आरोप लगाएका छन् । लामो समयसम्म पठनपाठन अवरुद्ध भएपछि विद्यार्थीले भर्ना शुल्क फिर्ताको माग राख्दै ठगी आरोपमा उजुरी दर्ता गराएका थिए । उजुरी दर्ता भएपछि फरार रहेका उनीहरु प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप