लुम्बिनीमा सुरु भयो बुद्धजयन्ती समारोह (फोटोफिचर)
शनिबार, ०८ जेठ २०७३, १५ : ३९
लुम्बिनी– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार पाँच सय ६० औँ बुद्ध जयन्ती समारोहको बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गरिन् । सो अवसरमा राष्ट्रपतिले दीप प्रज्वलन गरिन् भने बौद्धधर्मका तीन सम्प्रदाय महायान, थेरवाद र वज्रयानका गुरुहरुले बौद्ध वचन पाठ गरिन् ।
उद्घाटन सामारोहमा बुद्धजयन्ती समारोहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रिगण, विभिन्न दलका सांसद र राजनीतिक दलका नेताको सहभागिता छ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा २८ देशका ३५० भन्दा बढी बौद्ध धर्मगुरु तथा स्वदेशी र विदेशी गरी करिब १५ हजार बौद्ध धर्मावलम्बीको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण