बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरालाई अन्तराष्ट्रिय सेमिनारस्थल बनाउनु पर्छः अधिकारी

शनिबार, ०८ जेठ २०७३, १६ : ४०
शनिबार, ०८ जेठ २०७३

पोखरा –सभासद एव संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले पोखरालाई अन्तराष्ट्रिय सेमिनार स्थल बनाउनु पर्ने वताएका छन् । पोखराको फूलवारी क्लवको २५ औं वार्षिक साधारण सभा तथा रजत स्मारिका विमोचन कार्यक्रममा वोल्दै सभासद अधिकारीले सो कुरा वताएका हुन् । उनले पोखरा आफैमा सुन्दर सहर भएकोले अन्तराष्ट्रिय सेमिनार स्थल वनाउन सकेमा विश्वको ध्यान पोखरामा केन्द्रीत गर्न सकिने वताए । उनले कुनै पनि संघ संस्था र राजनीतिक दलहरुमा निरन्तरतामा नवीनता हुनु पर्ने वताए । देशमा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको भन्दै अधिकारीले यस्तो खालको गणतन्त्रले काम नगर्ने वताए । अवको राजनीति खुट्टा तानेर अरुलाई सिध्याउने खालको नभई विकासको लागि राजनीति गरिनु पर्ने अधिकारीको भनाई छ । पश्चिमाञ्चल सहक्षेत्रीय प्रशासक दिवाकर वाँस्तोलाले मानिस आफू मात्र हाँस्दा धेरैलाई हँसाउन सक्ने भएकोले सारा जगत हँसाउन सक्नु पर्ने वताए । पवित्र आत्माले गरेको कामको प्रतिफल पनि पवित्र नै हुने उनको भनाई छ । पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले फूलवारी क्लवका गतिविधी सँग नगरपालिकाले सँधै हातेमालो गर्ने वताए । सो अवसरमा क्लवले स्वार्गीय रामकृष्ण वास्तोला ट्रष्टवाट संञ्चालनमा रहेको कोषवाट शिवशक्ति उच्चमाविवाट गत सालको प्रवेशीका परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र विनोद परियार र छात्रा अञ्जु भट्टराईलाई छात्रवृति प्रदान गरिएको थियो । फूलवारी क्लवका अध्यक्ष टुवराज वाँस्तोला विशालको अध्यक्षतामा भएको कार्यक्रममा सहारा क्लवका पूर्व अध्यक्ष वसन्त थकाली, संस्थाका सल्लाहकार माधव वाँस्तोला, पूर्व अध्यक्ष मुकुन्द वाँस्तोला, कोषाध्यक्ष पविन वाँस्तोला र सचिव हरिप्रसाद वाँस्तोलाले आ आफ्ना भनाई राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप