बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाइजो नपाउँदा बिहे भाँड्ने गणेशको रहस्यमय मृत्यु

शनिबार, ०८ जेठ २०७३, १७ : १३
शनिबार, ०८ जेठ २०७३

वीरगन्ज – दाइजो नपाएको निहुँमा छोराको विहे भाँडेको आरोपमा पक्राउ परेका पर्साको महुवन ३ का गणेश साहको रहस्यमय मृत्यु भएको छ ।प्रहरी हिरासतमा रहँदा अस्वस्थ्य बनेका गणेशको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

[caption id="attachment_51742" align="alignleft" width="840"] file photo[/caption]

पाइल्स रोगका साथै अण्डकोष र मलद्धार बिचको भागमा रहेको घाउ पाकेर गम्भिर अवस्थामा रहेका गणशेकोे उपचारका क्रममा गएराति आठ बजेतिर मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तीन दिनदेखि प्रहरी हिरासतमा रहेका गणेशलाई रोगले च्यापेपछि हिजो बिहान नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाइ हिजै साँझ नेशनल मेडिकल कलेजमा लगिएको र त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । मृतक गणशेका आफन्तले भने प्रहरीले उपचारमा लापरवाही गरेका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । सिकिस्त रहेका गणशेलाइ वीरगन्जका चिकित्सकले थप उपचारका लागि काठमाण्डौ लैजान रिफर गरेपनि प्रहरीले नमानेका कारण उपचारको अभावमा उनको मृत्यु भएको मृतक गणेशका छोरा रविशंकर साहले बताए । बिरामी रहेका आफना बुबालाइ नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका बेला प्रहरीले गत बुधबार पक्रेर थुनामा राखेको मृतकका छोरा रविशंकरको आरोप छ । तर प्रहरी उपरिक्षक श्रष्ठले भने गणेश पहिले देखि नै रोगी रहेको र उनको उपचारमा कुनै लापरवाही नगरिएको दाबी गरे ।

गणेशका छोरा हरिशंकर साहको विहे पर्साको लखनपुर गाविस वडा नम्बर ४ का मथुरा साहकी छोरी सुनिता साहसंग बैशाख १७ गते हुने तय भएको थियो । तर दाइजोमा खेत नपाएको निहुमा गणेशले जन्ती लिएर नगएपछि उक्त विहे भाँडिएको थियो । दाइजोका कारण विहे रद्ध गरेको आरोपमा नै प्रहरीले गणेशलाई गत बुधबार वीरगन्जबाट पक्राउ गरेको थियो ।

यसैबीच मृतक गणेशका आफन्त र गाँउलेले महुवनमा आज बिहान प्रदर्शन गरेका छन् । प्रहरीको लापरवाहीकै कारण गणेशको मृत्यु भएको भन्दै गाँउलेहरुले आज बिहान महुवनमा प्रदर्शन गर्नुका साथै प्रहरी चौकी पनि केहि बेर घेराउ गरेका थिए । इलाका प्रहरी कार्यालय पोखरीयाबाट महुवनमा आएका प्रहरी निरिक्षक चक्र बहादुर शाहले सम्झाइ बुझाइ गरेपछि गाँउलेहरुले प्रदर्शन स्थगीत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप