बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डको बुहारी पनि माओवादी केन्द्रीय सदस्य !

शनिबार, ०८ जेठ २०७३, १७ : २१
शनिबार, ०८ जेठ २०७३

काठमाडौं– युद्धकालिन सहयात्री रामबहादुर थापा ‘बादल’ , मणि थापा र मात्रिका यादवलगायतसँग पार्टीएकता गरेसँगै नेकपा (माओवादी केन्द्र) को अध्यक्ष बनेका प्रचण्डले आफ्नी बुहारीलाई केन्द्रिय सदस्य (महाधिवेशन आयोजक समिति सदस्य) बनाएका छन् ।

दोस्रो संविधानसभाको चुनावमा कंचनपुरबाट चुनाव लडेकी  बुहारी बिना मगरलाई उनले केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य बनाएका हुन् । मगर यसअघि सरस्वती क्याम्पसको स्ववियु सभापती र एमाओवादीको पुर्व क्षेत्रिय ब्युरो सदस्य थिइन् । एकतापछि निर्माण भएको नयाँ पार्टी ‘नेकपा(माओवादी केन्द्र’ को यसै बर्षको अन्तमा महाधिवेशन गरिसक्ने उद्घोष गरेका अध्यक्ष प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई समेत महाधिवेशन आयोजक समिति सदस्य बनाएको बताईएको छ । एकता सँगै महाधिवेशन आयोजक समितिको संख्या ६९९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप