बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजिप्ट एयर विमानको फेला परेका टुक्राहरु सार्वजनिक, दुर्घटनाअघि विमानमा धुँवा

शनिबार, ०८ जेठ २०७३, १८ : ०७
शनिबार, ०८ जेठ २०७३

कायरो – इजिप्टको सेनाले दुर्घटनाग्रस्त इजिप्ट एयरको एमएस ८०४ विमानको फेला परेका टुक्राहरु सार्वजनिक गरेको छ । मेडिटेरेनियन समुद्रमा खोजिगरेको टोली हिजो ती टुक्राहरु फेला पारेका हुन् । फेला परेका विमानका टुक्राहरुमा लाइफ भेस्ट, सिट र इजिप्ट एयर लेखिएका विमानका भागहरु रहेका छन् ।

फ्रान्स पेरिसबाट कायरो आइरहेको विमान ६६ जना यात्रु र चालकदलका सदस्यसहित बिहिबार हराएको थियो ।

खोजी गर्ने क्रममा यात्रुको शवको टुक्रा र समानहरु पनि फेला परेको बताइएको छ । यद्यपि, प्लेनको मुख्य भाग र दुई वटा ब्लाकबक्स भने अझै फेला पर्न सकेको छैन ।

दुर्घटनाअघि विमानमा धुँवा

अनुसन्धानकर्ताहरुले विमान सम्पर्कविच्छेद हुनभन्दा ३ मिनेट अघि विमानमा धुँवा भरिएको पुष्टि गरेका छन् । तर के कारणले विमानमा धुँवा भरियो भन्ने यकिन भएको छैन ।

शनिबार पत्रकारहरुसँग कुरा गर्दै फ्रान्सका विदेश मन्दी जिन मार्क आयराउल्टले सबै सम्भावनाहरुबारे अनुसन्धान भइरहेको तर कुनै यकिन भइनसकेको बताएका थिए ।

द एभिएयसन हेराल्डका अनुसार विमानको ट्वाइलेट र विमानको इलेक्ट्रोनिकमा धुँवा पाइएको थियो । त्यसपछि विमान सम्पर्कविहिन भएको थियो ।

यसले विमानमा आगो लागेको पुष्टि हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । सुरक्षा विज्ञ स्याली लिभेस्लीले विमानमा चाँडो आगो फैलिएको देखिएको बताइन् ।

धुँवा भरिएपछि विमानले ३६० डिग्री घुमेको र त्यसपछि विमानले उचाईं कम गर्दै जाँदा १० हजार फिटमा रहेको बेला विमान सम्पर्कविहिन बनेको थियो । दुई पटक दिशा परिवर्तन गर्नअघि विमान ३७ हजार फिटमा उडिरहेको थियो ।

अहिले २५ सयदेखि ३ हजार मिटर गहिराईमा विमानको फ्लाइट रेकर्डरको खोजी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप