बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ढुङ्गाले लागेर एकको मृत्यु

शनिबार, ०८ जेठ २०७३, १८ : १५
शनिबार, ०८ जेठ २०७३

बैतडी - भिरबाट खसेको ढुङ्गाले लागेर शनिवार दार्चुलामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हिकिला गाविस ७ का ४४ वर्षिय शंकर जोशी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शुसिलसिहं राठौरले जानकारी दिए ।

शनिबार विहान करिब ११ बजे बाँगाबगडबाट खलंगा बजार आउदै गर्दा अपिनगरपालिका ११ रिङनताल नजिक माथिबाट खसेको ढुङ्गाले जोशीलाई लागेको उनले बताए ।

ढुंगाले लागेर गम्भिर घाईते भएका जोशीलाई जिल्ला अस्पताल दार्चुलामा उपचारका लागी ल्याउदा अस्पतालले मृत घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप