असिना पानीले मकै र केराखेती सखाप
लमजुङ - भिषण हावाहुरी र असिना पानीले मकै र केराखेती सखाप पारेपछि लमजुङका किसान मर्कामा परेका छन् । लामो खडेरी जसोतसो झेलेका किसानले भिषण असिनापानीका कारण मकै र केरा खेतीसमेत सखाप पारेपछि थप समस्यामा परेका हुन् । असिनापानीका कारण लमजुङको धुसेनी, नेटा, गिलुङ, पसगाउँ, भोजे, गाविस तथा करापुटार र मध्यनेपाल नगरपालिकाका ९० प्रतिशत मकैखेतीमा क्षति पुगेको कृषि विकास कार्यालयले लमजुङले जनाएको छ । खेत तथा बारीमा लगाएका सबै मकै सखाप भएपछि कतिपय किसान भने पाखाबारीमा भए पनि मकै लगाउने तयारीमा छन् । तर कृषि विकास कार्यालय लमजुङले भने आफूसँग मकैको बीउ नभएको र मकैको सिजन समेत सकिएकाले समस्या भएको बताएको छ । चितवन लगायतका केही स्थानमा बीउ पाउन सकेको अवस्थामा भने आफूहरुले केही सहयोग गर्ने कृषिप्रसार अधिकृत प्रकाश वस्ताकोटीको भनाइ छ । । असिनाका कारण केराका घरीमा समेत क्षति पुगेको छ । हावाहुरीका कारण अधिकाशं केराका रुख ढलेका छन् भने बाँकी केराका घरीमा समेत असिनाले व्यापक क्षति पुगेको किसानले दुःखेसो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण