बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

स्वतन्त्र मधेसको नारा लगाउने सिके राउतका २२ कार्यकर्ता लुम्बिनीबाट पक्राउ

शनिबार, ०८ जेठ २०७३, २० : ५८
शनिबार, ०८ जेठ २०७३
काठमाडौं – स्वन्तन्त्र मधेसको नारा लगाउने सिके राउतका २२ कार्यकर्तालाई प्रहरीले लुम्बिनीबाट पक्राउ गरेको छ । शनिबार लुम्बिनीमा बौद्ध सम्मेलन आयोजनास्थल नजिकै राउतका कार्यकर्ताले स्वन्तन्त्र मधेस, सिके राउतलाई रिहा गर, मधेसमा नेपाली उपनिवेश अन्त्य गर लगायतका नारा लगाएका थिए । त्यस्तै शनिबार सर्लाहीबाट पनि ११ जना आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । बैठक गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । स्वतन्त्र मधेस अभियान सञ्चालन गरिरहेका राउतले आफ्ना कार्यकर्तामाथि प्रहरीले व्यापक धरपडक र दमन गरिरहेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप