‘दृष्टिविहीन देखेपछि गाडीले पनि नरोकी जान्छ’
काठमाडौँ–आफूलाई दृष्टिविहीन देखेर गाडीले नरोकिदिँदा प्रा गोविन्द आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसमा पढाउन आउन सधैँजसो ढिला हुन्छ ।
“म रत्नराज्यमा पढाउन दैनिक जसो कीर्तिपुरबाट आउनुपर्छ, तर त्यहाँबाट आउँदा पैसा तिर्दा पनि मलाई गाडीले ल्याइदिन मान्दैनन्, ढिला हुँदा धेरैजसो कक्षा छुटेको हुन्छ” – उनले भने ।
यातायात उपभोक्ता मञ्चद्वारा यहाँ आयोजित ‘यातायात उपभोक्ताका समस्या र समाधान’ विषयक अन्तक्र्रियामा उनले आफू दृष्टिविहीन भएका कारण बाटो पार गर्दासमेत गाडीले धक्का दिनेलगायतका विभिन्न समस्या भोगेको बताए ।
पहिलो त दृष्टिविहीन देखेपछि गाडीले चढाउन नै नखोज्ने र दोस्रो चढाए पनि चालक र सहचालकले आफूलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको उनको गुनासो छ ।
“सरकारसँग पटक पटक भएका सहमति, अपाङ्गतासम्बन्धी भएका ऐन लागू गर्नुको सट्टा सरकारले हामी दृष्टिविहीन, अपाङ्गता भएका व्यक्तिलाई हेपाहा दृष्टिले हेर्दै आएको छ” – उनले भने ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सार्वजनिक यातायातमा महिलाका लागि छुट्याएको कोटा कम भएको र त्यो पनि पुरुषले नै प्रयोग गर्ने गरेको बताउनुभयो ।
ज्येष्ठ नागरिक डा एनके थापाले ज्येष्ठ नागरिकका लागि सार्वजनिक यातायातामा छुट दिने विषयलाई देशैभरि लागू गर्नुपर्ने माग गरे ।
मञ्चका अध्यक्ष आनन्द शर्माले यातायात र उपभोक्ताबीच देखिएका समस्या समाधानमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
रौतहट प्रहरीद्वारा एकै दिन ९ जना फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण