स्विजरल्याण्डमा भव्यताकासाथ बुद्ध जयन्ती मनाइयो
स्विजरल्याण्ड – नेपालीहरुले स्विजरल्याण्डको राजधानी बेर्नमा २५७८ औं बुद्ध जयन्ति भव्यताका साथ मनाएका छन् । बुद्ध शिक्षालाई कर्मकाण्डको रुपमा पालन गर्नुभन्दा पनि ब्यावहारिक रुपमा यसलाई उतार्न यो महत्वपूर्ण दिनलाई अवसर र ज्ञान नविकरणको अवसर बनाउनुपर्ने कुरामा आयोजक कमल भट्ट र आङ्ग तेञ्जिङ्ग शेर्पाले बताए ।
लगभग ५ दर्जन भन्दामाथि उपस्थित स्विसवासी नेपालीहरु सामु आयोजक आङ्ग तेञ्जिङ्ग शेर्पाले आधुनिक जीवनका लागि बुद्दका उपदेशमध्येको पञ्चशिल अति नै उपयोगी भएको बताउँदै यो महत्वपूर्ण दिनलाई वोधिसत्वको खोजी गर्ने अवसरको रुपमा लिनुपर्ने बताए ।
यस्तै गैरआवसीय नेपाली संघ स्विजरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडवरीले एक सिकाइ भएको र बुद्ध जयन्तीको अवसरमा सबैले सरल जीवनका सूत्र सिक्न सक्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा आई सी सी सदस्य बिनय श्रेष्ठ , नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डका अध्यक्ष राम महतो , जनसम्पर्क समिति स्विजरल्याण्डका सह–महामन्त्री सरोज घिमिरे , एईकबद्दता मंचका अध्यक्ष असोक फुँयाल , स्विस नेपाल डट कमका संचालक निराजन श्रेष्ठ , मेरोजिल्ला डटकम का प्रमुख सम्पादक विजय शर्मा दर्पणलगायत विभिन्न संस्थामा आबद्द पदाधिकारी हरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रमका संयोजक कमल भट्ट र आङ्ग तेञ्जिङ्ग शेपाले आपसि बन्धुत्व र भाइचाराका लागि यो पटकको बुद्द जयन्ति उदाहरणिय रहेको बताउँदै सडकमा बसेर नेपालको लागि आर्थिक सहयोग लिनु भन्दा नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगको लागी धन्यवाद ज्ञापन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण