बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन

आइतबार, ०९ जेठ २०७३, ०७ : ५७
आइतबार, ०९ जेठ २०७३

अमेरिका – पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गरे ।

मेयर मेन्लोले नेपाली समुदायलाई अमेरिकामा सामाजिकीकरण गर्नका लागि यस्ता प्रकारका प्रकाशनले धेरै सहयोग पु¥याउने बताउँदै यसको निरन्तरताका लागि शुभकामना प्रदान गरेका थिए ।

अमेरिकामा नेपाली भाषामा पत्रिका प्रकाशन भइरहेको भए तापनि अङ्ग्रेजी भाषामा प्रकाशन भएको यो पहिलो पत्रिका भएको प्रधान सम्पादक पुरुषोत्तम ढकालले बताए ।

पत्रिकाको सम्पादक मण्डलमा योगेश उपाध्याय, राजेश मिश्र, रामेश्वर भण्डारी, सुदीप पन्त, डेभिड स्वान्सन र किशोर पन्थी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप