बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

फ्रांक लाम्पार्डविरुद्ध आफ्नै फ्यानको हुटिङ

आइतबार, ०९ जेठ २०७३, १० : ११
आइतबार, ०९ जेठ २०७३

न्युयोर्क – न्युयोर्क रेड बुल्ससँग लज्जास्पद हार बेहार्दा फ्रांक लाम्पार्डलाई उनको नयाँ क्लब न्युयोर्क सिटीका फ्यानले विरोध गरेका छन् । ३७ वर्षीय लाम्पार्ड सिटीका लागि पहिलो पटक खेल खेलिरहेका थिए । उनले रेड बुलको पूरै टोलीभन्दा धेरै ४।१ मिलियन पाउण्ड कमाउने हालै मात्र खुलेसा भएको थियो । प्याट्रिक भिएराको नेतृत्वमा रहेको सिटीको टोलीमा आन्द्रे पिर्लोदेखि डेभिड भिल्ला जस्ता खेलाडी भएपछि रेड बुलसँग ७–० ले पराजित हुन पुग्यो । ब्राड्ली राइट फिलिपले खेलमा दुई गोल गरे । म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकरले एमएलएस लिगमा आफ्नो गोल संख्या ५० पुर्याएका छन् । यो थिएरी हेनरीको भन्दा १ गोलले मात्र कम हो । लाम्पार्ड मैदानमा प्रवेश गर्दा सिटी ५–० ले पछि परिसकेको थियो । १५ मिनेट बाँकी छँदा उनले आन्द्रे पिर्लोलाई सब्सटिच्युड गरेका थिए । यो जितसँगै एमएलएस लिगको इतिहासमा यसले सबैभन्दा ठूलो जीतको अन्तरको किर्तिमानलाई पनि बराबरी गरेको छ । यसअघि एलए ग्यालेक्सीले डालास बर्नलाई ८–१ लाई हराएको थियो भने । सिकागो फायरले कानसास सिटी विजार्डलाई ७–० ले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप