सद्दे मानिसलाई एड्स रोगी भनेपछि...
चीन– चीनका एकजना सर्वसाधारण किसानलाई स्वास्थ्य जाँचको क्रममा चिकित्सकले एचआईभी एड्स भएको भनेपछि उनले अहिले आएर क्षतिपूर्ति दाबी गरेका छन् ।
चीनका एकजना किसानलाई चिकित्सकले स्वास्थ्य जाँचका क्रममा सो सङ्क्रमण देखाएका थिए । तर त्यसको करिब ११ वर्षपछि आफूलाई त्यस्तो कुनै रोग नदेखिएको प्रमाणित भएपछि उनले क्षतिपूर्ति दाबी गरेका हुन् ।
मध्य चिनियाँ प्रान्त हेनानका ५३ वर्षीय किसानले सन् २००४ मा गरिएको स्वास्थ्य जाँचका क्रममा उनलाई सो रोग लागेको भनिएको र हाल आएर त्यो सङ्क्रमण नपाइएकोले उनले सो दाबी गरेका हुन् ।
उनको सन् २००४ मा जेनपिङ काउन्टीमा स्वास्थ्य परीक्षण भएको थियो । त्यस समयमा आफूलाई गलत परीक्षण गरी त्यस्तो रोग देखाइएको भन्दै ती किसान याङ सौफाले आफूलाई क्षतिपूर्ति दिनुपर्ने सो काउन्टीको उपचार केन्द्रसँग माग गरेका हुन् ।
उनले आफूले सो रोग लागेको भनेका कारणले जीवनमा धेरै दुःख पाएको भन्दै उक्त जिल्लाको स्वास्थ्य परीक्षण गर्ने केन्द्रसँग सो माग गरेका हुन् ।
तर सो केन्द्रका उपनिर्देशक उ जापाङले भने त्यस समयमा कम्तीमा पनि २ लाख ८० हजार नागरिकको स्वास्थ्य परीक्षण गरेकाले एकको रगत अर्कोको कागजमा परेको हुनसक्ने भनेका छन् ।
उनले त्यस समयमा आम रूपमा नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र त्यस समयका सबै परीक्षण रिपोर्टहरू रहेको र परीक्षण गर्ने उपकरणहरू पनि कमसल नरहेको दाबी गरेका छन् ।
तर ती किसानले भने आफ्नो जीवनमा यस घटनाले ठूलो क्षति पुगेको भन्दै यसका लागि कम्तीमा पनि तीन लाख अमेरिकी डलर बराबरको क्षतिपूर्ति सो केन्द्रले दिनुपर्ने माग गरेका छन् ।
यसका कारण एड्स उपचार केन्द्रमा आपूm जानुपर्ने, बर्सेनि स्वास्थ्य परीक्षण गराउनुपर्ने तथा अरु विभिन्न खालाको तनाव व्यहोर्नुपरेको पनि बताएका छन् ।
उनले सन् २०१२ सम्म नै स्वास्थ्य केन्द्रमा यस्तो उपचार गराउने गरेको तर पछि आएर मात्र आफूलाई यस्तो सङ्क्रमण नै नभएको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण