पायेटको उत्कृष्ट गोलको मद्दतले फ्रान्सको विजयी शुरुवात
पेरिस — डिमिट्री पायेटले अन्तिम मिनेटमा गरेको उत्कृष्ट गोलको मद्दतले फ्रान्सले रोमानियामाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । युरो २०१६ को पहिलो खेलमा फ्रान्स २—१ ले विजयी बनेको हो ।
कडा सुरक्षा घेराबीच स्टाडे डे फ्रान्समा खेलाइएको खेलमा पायेटले ३० यार्ड परबाट उत्कृष्ट गोल गर्दै आयोजक टोलीलाई आशातित शुरुवात दिलाए ।
यसअघि घरेलु भूमिमा युरो १९८४ र सन् १९९८ को विश्वकप जितेको फ्रान्स यस वर्ष उपाधिको प्रमुखको दाबेदार हो ।
खेलको शुरुवातमा एन्टोनी ग्रिजमानको प्रहार पोस्टमा लागेपछि फ्रान्सले दृढ रोमानियाविरुद्ध खुलेर खेल्न सकेको थिएन ।
स्टार खेलाडीले भरिएको फ्रान्सलाई पहिलो गोलका लागि ५८ औं मिनेटसम्म पर्खनु परेको थियो । पायेटको क्रसमा ओलिभर जिरुले फ्रान्सलाई अग्रता दिलाए ।
तर, त्यसको सात मिनेटपछि नै बोगडान स्टान्सुले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । प्याट्रिस एभ्राले निकोलाइ स्टान्सियोलाई डि एरियामा लडाएपछि रोमानियाले पेनाल्टी पाएको थियो ।
बराबरीतर्फ अघि बढेको खेलको ८९ औं मिनेटमा पायेटको उत्कृष्ट गोलको मद्दतले फ्रान्सले ३ अंक बटुल्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण