बेलको प्रेरणामा वेल्सको विजयी शुरुवात, इंग्ल्याण्ड रोकियो
बोर्डक्स — ५८ वर्षपछि मुख्य प्रतियोगितामा फर्किएको वेल्सले स्लोभाकियालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । सन् १९८५ मा अन्तिम पटक विश्वकप खेलेको वेल्सले स्लोभाकियामाथि २—१ को जीत निकाल्यो ।
गेराथ बेलको उत्कृष्ट फ्रिकिक मार्फत वेल्सले अग्रता लिएको थियो । तर, खेलको दोस्रो हाफमा स्लोभाकियाका ओन्ड्रेज डुडाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका हाल रोबसन कानुले गोल गर्दै वेल्सलाई विजयी शुरुवात दिलाए ।
खेलको पहिलो हाफको शुरुवातमा नै स्लोभाकियाले गोल गर्ने सुन्दर अवसर गुमाएको थियो । मारेक ह्यामसिकको प्रहारले वेल्सका गोलकिपरलाई छलाए पनि डिफेन्डर बेन डेभिसले उत्कृष्ट बचाउ गरे ।
पहिलो हाफमा वेल्सले खेलमा पूर्ण नियन्त्रण राखे पनि दोस्रो हाफ भने निकै प्रतिस्पर्धात्मक बनेको थियो ।
समूह बी मा वेल्स शीर्ष स्थानमा रहेको छ र दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ ।
उता, समूहकै अर्को खेलमा इंग्ल्याण्ड भने रसियासँग बराबरीमा रोकिएको छ ।
खेलमा पूर्ण रुपमा नियन्त्रण राखे पनि इंग्ल्याण्डले पहिलो गोलका लागि दोस्रो हाफसम्म पर्खनुपरेको थियो ।
एरिक डायरको उत्कृष्ट फ्रिकिकको मार्फत इंग्ल्याण्डले अग्रता लिए पनि खेलको अतिरिक्त समयको ९२ औं मिनेटमा भासिली बेरेजुटस्कीले गोल गर्दै इंग्ल्याण्डलाई जीतबाट बञ्चित गरे ।
म्यान अफ द म्याच वेयन रुनीलाई निकाल्नु प्रशिक्षक रोय हडसनका लागि महंगो पर्यो । पहिलो गोलपछि उनको स्थानमा ज्याक विलसेयरलाई हडसनले मैदानमा प्रवेश गराएका थिए ।
खेलमा नियन्त्रण राख्न विलसेयरलाई मैदानमा पठाएपनि त्यो निर्णय उनको लागि प्रत्युत्पादक बन्यो ।
इंग्ल्याण्डले अब वेल्सको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण