ठूला तीन सडकको विस्तार सुरु
भक्तपुर– डिभिजन सडक कार्यालय भक्तपुरले जिल्लाका तीन ठूला सडकको विस्तार थालनी गरेको छ । कौशल्टार–बालकोट–बिरुवा सडक, विष्णु कुण्ड– सिद्धिकाली चोक– पुरानो बाटो थिमी सडक र बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको सडक विस्तार सुरु गरिएको हो ।
एक साताका अवधिमा तीन वटै सडकको विस्तारको शिलान्यास गरी काम सुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख इ देवेन्द्र साहले जानकारी दिनुभयो । कौशलटारबाट बालकोट हुँदै बिरुवा जाने सडकमध्ये पहिलो चरणमा रु तीन करोड ७९ लाख ७८ हजारको लागतमा कौशलटारदेखि बालकोटसम्मको एक किमी सडक विस्तार गरिने भएको छ । त्यसपछि अर्को चरणमा बालकोट हुँदै सिरुटार बिरुवासम्म सडक विस्तार हुनेछ ।
त्यसैगरी अरनिको राजमार्गस्थित थिमी चारदोबाटोबाट विष्णुकुण्ड– सिद्धिकाली चोक हुँदै पुरानो बाटो थिमी सडक विस्तार पनि सुरु भएको छ । रु चार करोड नौ लाख ३९ हजार ३८६ को लागतमा डेढ किमी सडक विस्तार सुरु भएको प्रमुख साहले जानकारी दिए ।
त्यसैगरी पुरानो ठिमी–बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको पौने तीन किमी सडक पनि विस्तार सुरु गरिएको छ । रु १० करोड ६१ लाख ६४ हजार ७१४ का लागतमा निर्माण सुरु भएको हो । तीन वटै सडक आगामी दुई वर्षभित्र बनाइने सम्झौता भएको जानकारी दिँदै इ साहले सडक मापदण्डभित्र रहेका भौतिक संरचना भत्काएर विस्तार गरिने ती सडकमा दुवैतर्फ फुटपाथ, ढल, सात मि कालोपत्रे, निकास र ढलको व्यवस्था हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
-
बझाङ दुर्घटना : स्थानीय तहबाट न्यूनतम साढे दुई लाख सहयोग गर्ने निर्णय
-
भाषा र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण