अख्तियारको पश्चिमाञ्चल कार्यालयमा ३ हजार २२६ उजुरी
पोखरा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल कार्यालय स्थापनायता हालसम्म प्राप्त उजुरीको सङ्ख्या तीन हजार २२६ पुगेको छ ।
विकास सञ्चार समाज (सोडेक) नेपालद्वारा आज आयोजित ‘सुशासन प्रवद्र्धनका लागि नागरिक संलग्नता बढाउन सञ्चार क्षेत्रको भूमिका’ विषयको अन्तक्र्रियामा कार्यालय प्रमुख डिल्लीराम शर्माले ती उजुरीमध्ये दुई हजार ३४७ वटाको फछ्र्योट भइसकेको बताए ।
आयोगको पश्चिमाञ्चल कार्यालय पोखरामा २०७० असोज १ गते स्थापना गरिएको हो । सम्पर्क कार्यालय सोही वर्ष माघ २ गतेदेखि बुटवलमा सञ्चालनमा आएको हो ।
चालु आर्थिक वर्षमा उजुरीको कुल सङ्ख्या एक हजार ९०२ रहेकामा एक हजार २३ उजुरी फछ्र्योट भइसकेको उनले जानकारी दिए ।
कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले स्थानीय निकायमा सुशासन प्रवद्र्धनका लागि काम भइरहेको बताए । चालु आर्थिक वर्षमा जिल्लाभित्र विकास निर्माणका ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको र असार मसान्तभित्रमा बाँकी काम पनि सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
समाजका कार्यकारी निर्देशक डा पियुषराज मिश्रले सुशासन प्रवद्र्धनमा सहयोग पु¥याउन समाजले सरोकारवालासँग विभिन्न ठाउँमा यस प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण