भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका छन्।
नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको ‘भानु प्रतिमामा माल्यार्पण समारोह’ मा उनले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गरेको उल्लेख गरेका हुन् ।
मन्त्री खनालले पृथ्वीनारायण शाह र भानुभक्तको तुलना गर्दै भने, ‘जसरी पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्नुभयो, त्यसरी नै भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो।’ उनले अहिलेको समयमा नेपालको ‘सफ्ट पावर’ का रूपमा नेपाली भाषा, धर्म, संस्कृति र सभ्यता नै रहेको उल्लेख गरे। संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली भाषाले नै एक–अर्कासँग जोड्ने र आफ्नोपनको महसुस गराउने उनको भनाइ थियो।
मन्त्री खनालले भानुभक्त र घाँसीको प्रसङ्ग उल्लेख गर्दै समाजसेवा र देश निर्माणमा हरेक नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले थपे, ‘घाँसीले आफ्नो नाम रहोस् भन्ने भावनाले कुवा खनाएको जस्तै, हामीले पनि समाज र राष्ट्रका लागि केही न केही योगदान दिनुपर्छ।’ तनहुँको चुँदीमा जन्मिएका मन्त्री खनालले भानुभक्त आचार्यप्रति आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै भानु जयन्तीले नेपाली भाषा र साहित्यको संरक्षणमा सधैँ प्रेरणा दिइरहने विश्वास व्यक्त गरे।
समारोहमा नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले भानु माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको भानुभक्तको प्रतिमा नेपालकै पहिलो प्रतिमा भएको र यसको ऐतिहासिक महत्त्व रहेको उल्लेख गरिन्। नेपाली शिक्षा परिषद्को अगुवाइमा विक्रम संवत २०१६ असार २९ गते स्थापना भएको भानुभक्तको उक्त प्रतिमामा हरेक वर्ष माल्यार्पण गर्ने र भानु जयन्ती मनाउने गरिएको छ। विसं २०१६ मा स्थापना भएको उक्त प्रतिमाको तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेदोसहितको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन ठप्प, सुरुङको गेट बन्द
-
१५ अर्बको १ वर्षे ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक
-
सांसद अधिकारीको प्रश्न– ‘गौरवका आयोजनाको लागत अर्बौँ बढ्दा आयोग र सरकार किन मौन ?’
-
सांसद अधिकारीको प्रश्न, ‘ठेकेदारहरूलाई ढिलासुस्तीको आरोपमा कानुनी कारबाहीको सिफारिस किन नगरेको?’
-
योजना आयोगलाई सांसदको प्रश्न : गौरवका आयोजनाको कमजोर प्रगतिको जिम्मा आयोगले लिन्छ ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणका लागि आज पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण