प्रशासनको अवज्ञा गर्ने नौजना छुटे
चितवन, ३ असार । प्रशासनको निर्देशन अवज्ञा गरेको भन्दै प्रहरीले हिजो बिहीबार पक्राउ गरेका शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार केन्द्रका सञ्चालक एवम् कर्मचारीलाई आज रिहा गरिएको छ ।
लिखित पत्र र सार्वजनिक सूचनामार्फत अनुमति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिँदै आएको प्रशासनले हिजो गरेको अनुगमनका क्रममा बिना अनुमति सञ्चालन गरेको भन्दै चारवटा शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार केन्द्रका सञ्चालक र कर्मचारी गरी नौजनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुमा चिवा एजुकेसन सेन्टर, गोल्डेन फ्युचर ओपन स्कुल, सेन्ट जेबियर्स इन्सिचिउट र ट्रष्ट नेपाल ओभरसिजसँग सम्बद्ध व्यक्तिहरु थिए । उनीहरुमध्ये चारजना सञ्चालक र पाँचजना कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्ने कबुलियत गराएर छाडिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो । बिना अनुमति परामर्श केन्द्र सञ्चालनमा आएको गुनासो आएपछि स्थानीय प्रशासनले अनुगमन र कारबाही प्रक्रियालाई कडाइका साथअघि बढाएको छ ।
जिल्लामा रहेका दुईसय भन्दा बढी त्यस्ता केन्द्रमध्ये प्रक्रियागत रुपमा सञ्चालनमा आएका १४ वटा रहेको प्रशासनले जनाएको छ । ती केन्द्रले तयारी कक्षा सञ्चालन गर्ने, विदेश पढ्न र काम गर्न पठाउने, विभिन्न भाषाका कक्षा सञ्चालन गर्ने गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण