काबुल आक्रमणमा १४ नेपालीको मृत्यु, ९ घाइते : अफगानी गृहमन्त्रालय
सोमबार, ०६ असार २०७३, १४ : ००
काठमाडौं, असार ६– अफगानिस्तानको गृहमन्त्रालयले काबुल आक्रमणमा १४ नेपाली कामदारको मृत्यु भएको जनाएको छ । अफगानी गृृह मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै आत्मघाती आक्रमणकारीले नेपाली सवार मिनिबसमा विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको जनाएको हो । विज्ञप्तीमा अरु ९ जना घाइते भएको समेत जनाइएको छ । घाइतेमध्ये ५ नेपाली र ४ अफगानी रहेका छन् ।
अफगानी गृहमन्त्रालयले घटनाको निन्दा गर्दै मृतकको परिवारप्रति गहिरो समवेदनमा प्रकट गरेको छ ।
यसैबीच नेपाल सरकारले आत्मघाती बम विस्फोटमा नेपाली परेको सूचना प्राप्त भएको भन्दै यसबारे आधिकारिक रुपमा पुष्टि गर्ने प्रयास भइरहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले नेपाली परेको बारे आफूहरुकहाँ सूचना आएको भन्दै त्यसको पुष्टिका लागि मन्त्रालय पाकिस्तानस्थित नेपाली दूताबास र अन्य च्यानलको माध्यमबाट बुझ्ने काम भइरहेको बताए ।
‘घटनामा नेपाली परेको सुचना आएको छ, कति नेपाली परे भन्नेबारे अहिले नै भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘ अफगानिस्तानमा नेपाली दूताबास नभएकाले पाकिस्तानस्थित दूताबास र अन्य च्यानलको माध्यमबाट बुझ्ने प्रयास भइरहेको छ ।’
स्थानीय समय अनुसार बिहान ५ बजे आतंकवादीहरुले काबुलको पुल–ए–चार्खिल क्षेत्रमा एउटा अन्तर्राष्ट्रिय संस्थाको बसमा विस्फोट गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण