नेपाली बजारमा बेलायती स्कुटर, मासिक पाँच हजार किस्तावन्दीमा किन्न सकिने
काठमाडौ–नेपाली बजारमा बेलायती कम्पनीको स्कुटर भित्रिएको छ । आभास इन्टरनेशनले नेपालका लागि आधिकारीक वितरकको रुपमा ‘स्कोम्याडी’ नामको स्कुटर नेपाली बजारमा ल्याएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा सांसद लक्ष्मण राजवंशीले यसको उद्घाटन गरेका छन् । यो नेपालमा पाइने एकमात्र बेलायति कम्पनीको स्कुटर रहेको कम्पनीले जनाएको छ । सातवटा विभिन्न रङमा उपलब्ध यो स्कुटर १२५ सिसिको छ भने यसको मुख्य विशेषता ११ लिटरको फ्युल ट्याङ्की छ । कम्पनीले यो स्कुटरले अरु भन्दा फरक र ग्राहकको मन जित्ने दाबी गरेको छ । राजधानीको महाराजगंजमा मुख्य कार्यालय रहेको कम्पनीले पोखरामा चाँडै शाखा विस्तार गर्ने जनाएको छ । कम्पनीले देशका अरु मुख्य सहरहरुमा सर्भिस सेन्टरसहित अरु शाखा विस्तार गर्ने पनि जनाएको छ । ग्राहकले यो स्कुटर महिनावारी फाइनान्समा पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले इएमआई बेसिसमा रहेर महिनाको पाँच हजार इन्टलमेन्टमा खरिद गर्न सक्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण