एनआईबिएल क्यापिटलको मोबाइल एप
काठमाडौं–एनआईबिएल क्यापिटल मार्केट्सले आफ्ना ग्राहकलाई लक्षित गरेर ‘एनआईबिएल क्यापिटल मोबाइल एप’ आइएसओ भर्सनमा पनि ल्याएको छ ।
यो एपबाट सजिलै आफ्नो एनआईबिएल क्यापिटलमा भएको डिम्याट एसी लगायतअन्य सेवाहरुको जानकारी लिन सकिने कम्पनीले जनाएको छ । एनआईबिएल क्यापिटल मार्केट्स सम्बन्धि ताजा खबर तथा एनआईबिएल समृद्धि फण्ड–१को बारे पनि जानकारी लिन सकिने जनाइएको छ । एनआईबिएल क्यापिटलले सर्वप्रथम एनरोइड भर्सनको लागि मात्र यो एप सञ्चालनमा ल्याएको थियो । ग्राहकको माग अनुरुप आइएसओ भर्सनमा पनि यसलाई विकासित गरेको जनाइएको छ । ग्राहकले एप स्टोर बाट यसलाई डाउनलोड गरि त्यसमा आफ्नो डिम्याट एसीको पासवर्ड हाली लग इन गरेपछि ग्राहकको चाहाना अनुरुप एपमा रहेका बिशेषताहरु हेर्न सक्ने छन । यस एपबाट आइपीओको निष्काशन, हालसालै गरेको बोनस, नगद लाभांस, हकप्रद शेयरकोबारे पनि जानकारी लिन सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण