संसदीय सुनुवाई विशेष समितिको निर्वाचन असार ८ गते
सोमबार, ०६ असार २०७३, १४ : १७
काठमाडौं– संसदीय सुनुवाई विशेष समितिको निर्वाचन आगामी असार ८ गते हुने भएको छ ।
सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद नियमावली, २०७३ को नियम १८० को उपनियम (१) बमोजिम सभापतिको निर्वाचन आह्वान गरेकी हुन् ।
व्यवस्थापिका संसद सचिवालयका महासचिव मनोहरप्रसाद शर्माले नियमावलीको नियम १८० को उपनियम (२) अनुसार कुनै सदस्यले सो समितिको अर्को कुनै सदस्यलाई उक्त समितिको सभापति पदमा निर्वाचित गरियोस् भनी सो नियमावलीको अनुसूचि –९ बमोजिम ढाँचामा अर्को कुनै सदस्यको समर्थन र निर्वाचित भएमा सभापतिको कार्य गर्न राजी छु भन्ने व्यहोराको प्रस्तावित सदस्यको मञ्जुरी रहेको निस्सासहितको प्रस्तावको सुचना असार ७ गते दिनको पाँच बजेसम्म संसद सचिवालयमा बुझाउन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण