घर जग्गामा २ खर्व ३४ अर्ब लगानी
काठमाडौं–बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक बर्षको दश महिना अवधीमा घरजग्गा (रियल स्टेट) क्षेत्रमा २ खर्ब ३३ अर्व ८० करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको दश महिना अवधीको तथ्याङ्क अनुसार यो लगानी बैंक तथा वित्तीय संस्थाले गरेको कुल ऋण लगानीको १४.८ प्रतिशत हो । यसमा १ करोडभन्दा कमको १ अर्व ३३ अर्व ९१ करोडको आवासीय कर्जा समेत समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय घर तथा जग्गा धिलोमा राखेर ऋण लिनेको संख्या समेत वढ्दै गएको छ । सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतीको कर्जा भने कुल कर्जाको २ प्रतिशत छ । सो क्षेत्रमा ३२ अर्व २१ करोड रुपैयाँ लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, वाणिज्य बैंकहरुले साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.५ प्रतिशत छ । यो क्षेत्रमा ३२ अर्व ९२ करोड रुपैयाँ लगानी रहेको जनाइएको छ । यस्तै, चालु आवको दश महिनामा वाणिज्य बैंकहरुले प्रवाहित ट्रष्ट रिसिट कर्जा (आयात कर्जा) मा गरेको लगानी २७ प्रतिशतले वढेको छ । बैंकहरुले यो क्षेत्रमा १४ अर्व ८८ करोड वढी रकम लगानी गरेका छन् । अघिल्लो आवको यो अवधीमा यस्तो कर्जा २१.१ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय क्षेत्रवाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा यो अवधीमा १६.२ प्रशितले बढेको छ । अघिल्लो वर्षको सोही अवधीमा यस्तो कर्जा १५ प्रतिशतले बढेको थियो । सवैभन्दा वढी वाणिज्य बैंकले निजी क्षेत्रमा लगानी गरेका छन् । वाणिज्य बैंकले १७.६, विकास बैंकले १२.९, र वित्त कम्पनीको लगानी ३.२ प्रतिशतले बढेको हो । वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थावाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २१.१ प्रतिशतले बढेको छ । कृषि व्यवसायका लागि तोकिएको ६ प्रतिशतको सहुलियत व्याजदरमा कर्जा उपलव्ध गराउने व्यवस्था अन्र्तगत चैत मसान्त सम्मममा २३ सय २३ जना किसानका लागि एक अर्व ९६ करोड कर्जा प्रवाह भएको जनाइएको छ । यस व्यवस्था अन्र्तगत बैंक तथा वित्तीय संस्थाले ३ करोड ११ लाख व्याज अनुदान प्राप्त गरेका छन् भने ६५ लाख ४२ हजार व्याज अनुदान सोधभर्नाको प्रक्रियामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण