नेपालीहरुको सुरक्षा र घाइतेहरुको उचित उपचारको लागि पहल गर्न माओवादीको माग
सोमबार, ०६ असार २०७३, १५ : ३०
काठमाडौं–नेकपा माओवादी केन्द्रले अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणको विरोध गरेको छ । पार्टी प्रवक्ता पम्फा भुषालले एक विज्ञप्ती जारी गर्दै उक्त आक्रमणको कडा शब्दमा भत्सर्ना गरेकी छन् ।
भुषालले आक्रमणमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवार प्रति श्रद्धाञ्जली अर्पणसहित घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेकी छन् ।
माओवादी केन्द्रले नेपालीहरुको सुरक्षा व्यवस्था गर्न र घाइतेहरुको उचित उपचारको लागि पहल गर्न नेपाल सरकारसँग आग्रह समेत गरेको छ ।
काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको थियो भने ५ नेपालीसहित ९ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण