सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसडर धुर्मुस र सुन्तली
सोमबार, ०६ असार २०७३, १६ : ०४
काठमाडौं–सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नियुक्त भएका छन् । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट सीताराम कट्टेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
व्यावसायिक गतिविधिका साथ–साथै सामाजिक क्रियाकलापमा समेत सहभागिता जनाई रहेको सिटी एक्सप्रेसले पछिल्लोपटक भूकम्प प्रभावितका निमित्त सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणाधीन नमुना बस्तीका लागि १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेसले व्यावसायिकतासँगै सामाजिक उत्तरदायित्व पनि बहन गरेको र आगामी दिनमा पनि फाउन्डेसनले गर्ने सम्पूर्ण सामाजिक कार्यमा सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेकाले ब्रान्ड एम्बेसडरको रूपमा अगाडि बढ्ने निर्णय गरेको कलाकारद्वय धुर्मुस–सुन्तलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण