नक्कली डाक्टर पक्राउ प्रकरणः अपराधीको रुपमा व्यवहार नगर्न आयोगको आग्रह
काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले कुनै पनि अभियोगमा विधिसम्मत तरिकाले छानवीन गर्ने अधिकार भएपनि विगत केही समयदेखि मुलुकका विभिन्न क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्य संस्था माथि प्रहरीद्वारा देखाइएको असहिष्णु व्यवहारप्रति विरोध जनाउँदै नेपाल चिकित्सक संघले आयोगमा पेश गरेको ज्ञापन पत्र प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार एक विज्ञप्ती जारी गर्दै जस्तो सुकै अभियोगको अनुसन्धानका क्रममा पनि मानवीय मर्यादाप्रति संवेदनशील हुनु पर्ने र दोषी प्रमाणित नभई कसैलाई पनि अपराधीको रुपमा व्यवहार गर्न नहुने तर्फ सजग हुँदै व्यक्तिहरुको गोपनीयताको हक र मर्यादाप्रति चनाखो हुनु आवश्यक रहेको बताएको छ ।
विज्ञप्तीमा भनिएको छ–स्वास्थ्य सेवा पाउने नागरिकहरुको हकप्रति संवेदनशील भई यो हकबाट कसैले पनि वञ्चित हुनुपर्ने स्थिति सृजना गर्ने गराउने कार्य नगर्न, नगराउन पनि आयोग चिकित्सकहरु तथा चिकित्सक संघको ध्यानाकर्षण गराउँदछ । यस्ता समस्या भविष्यमा पनि आउन नदिई मानव अधिकारको सम्मान गर्ने सन्दर्भमा आयोगले नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित प्रहरी निकायसँग आवश्यक परामर्श तथा छलफल गर्ने छ । ’ आइतबार मात्रै पत्रकार सम्मेलन गरेर सीआईबीले ३६ जना डाक्टर नक्कली भएको दाबी सहित सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण