भूमि सुधारमन्त्रीले भने–राजा ल्याउन मन्त्री पद पनि छाड्न तयार छु
काठमाडौ– भूमि सुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले मुलुकको राष्ट्रिय एकताको लागि राजसंस्था अपरिहार्य रहेको भन्दै राजा पुर्नस्थापित गर्न आफू मन्त्री पद त्याग्न समेत तयार रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मन्त्री पद भन्दा मेरो लागि राजसंस्थाको विचार ठूलो हो । प्रधानमन्त्री लगायतका निकायबाट मेरो विचार कुण्ठित गर्ने काम भए हाँसी हाँसी मन्त्रीपद त्याग्छु ।’ मन्त्री सुब्बाले गणतान्त्रिक संविधानको सपथ खाएर मन्त्री भएकोले यस्तो विचार राख्दा प्रश्न उठ्नु स्वभाविक भएपनि संविधान निर्माणमै आफूहरुले यो विषयमा फरक मत राखेको र संविधानले नै विचारको स्वतन्त्रता दिएकोले आफू यस्तो अभिब्यक्ति दिन स्वतन्त्र रहेको दावी गर्दै राष्ट्रिय एकताको लागि सर्वस्विकार्य नेतृत्वको रुपमा राजसंस्था अपरिहार्य रहेको तर्क गरे । उनले भने,‘ राजा, देश र अनेकतामा एकता नेपालको विशेषता हो । यसमा हामी अलमलमा छैनौ । नेपालमा संबैधानिक राजसस्था, सापेक्ष हिन्दु राष्ट्र र संघीयताको ठाँउमा शक्तिशाली स्वायत्त साशन हुनु पर्छ ।’ राप्रपा नेपालको नेता समेत रहेका मन्त्री सुब्बाले मुलुकमा नेतृत्वकै कारणले समस्या आएकोले सबैलाई स्विकारयूक्त नेतृत्वकोलागि राजा ल्याउनै पर्ने तर्क गर्दै यो आवश्यक भईसकेको दावी गरे । त्यसकोलागि आफ्नो पार्टी जस्तो सुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको उनको भनाई थियो । यस्तै मन्त्री सुब्बाले तीन वर्षभित्र सुकुम्बासी मुक्त मुलुक बनाउने कार्ययोजना सुरु भईसकेको जानकारी दिदै त्यसपछि ऐलानी, सरकारी, गुठि लगायतका जग्गाको संरक्षण गर्न अलग्गै विभाग गठन गर्ने गरी तयारी भइरहेको बताए । उनले आगामी आर्थिक वर्षमा कैलाली, दार्चुला, हुम्ला, सुर्खेत, जाजरकोट र डोटीबाट हलियाप्रथाको पूर्ण मुक्त गरिने योजना सुनाउँदै दुई वर्षभित्र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट कमैयामुक्त गर्ने बताए । झापा, मोरङ, सिराहा र पर्सामा सीमा ब्यवस्थित गर्ने काम भईरहेको र मंगलबारबाट यस विषयमा अन्तर्राष्ट्रिय गोष्ठि सुरु हुने तथा भूमि समस्या समाधानकोलागि असार २२ गतेबाट विज्ञहरुसँग बृहद अन्र्तक्रिया गर्ने तयारीमा मन्त्रालय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण