उपराष्ट्रपतिद्वारा काबुल आक्रमणको निन्दा
काठमाडौँ, ६ असार - उपराष्ट्रपति नन्दबहादुर पुनले अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गरेको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु र पाँच नेपाली घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज वक्तव्य प्रकाशन गर्दै रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दोष नेपालीमाथि भएको मानवता विरोधी घटनाकोे भत्र्सना र निन्दा गर्नुभएको छ । उपराष्ट्रपतिले उक्त हमलामा परी ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । उहाँले निहत्था नेपालीलाई निशाना बनाएर हमला गर्ने आततायीलाई कानुनको दायरामा ल्याउन विश्व नै एकजुट हुनुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ । अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि नेपाल र अफगान सरकारको ध्यानाकर्षण गराउँदै उहाँले त्यहाँ कार्यरत नेपालीलाई आफ्नो सुरक्षाप्रति सचेत रहन अनुरोध गर्नुभएको छ । उपराष्ट्रपतिले काबुल हमलामा दिवङ्गत नेपालीको पार्थिव शरीरलाई तुरुन्तै नेपाल ल्याउन र घाइतेको उपचारमा ध्यान दिन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको वक्तव्यमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण