बदेलको आक्रमणबाट महिला गम्भीर
रौतहट–रौतहटको पश्चिमी भेगस्थित जंगली बंदेलको आक्रमणबाट एकजना महिला गम्भीर घाईते भएकी छन् । स्थानिय कटहरीया गाविस १ हर्षाहाटोल छेउ लालबकैया नदी किनारबाट घाँस लिएरआउने क्रममा बिगु यादवको ४० बर्षिया श्रीमती उमिर्ला यादव माथी सोमवार साँझ उक्तबंदेलले आक्रमण गरेको थियो । घाईते महिलाको बिरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ । बंदेलको आक्रमणबाट महिलाको ढाड–छातीमा गहिरो घाउ भएको र बंगुरले महिलाको दाहिने हातको अधिकांस मासु खाईदिएको उनका श्रीमान बिगु यादवले बताएका छन् । पछिलो केही महिनादेखि भसेढवा,कटहरीया,मर्यादपुर,कर्कचकर्मैया लगायतका गाविस स्थित लालबकैया नदीकिनारमा रहेको उँखुघारी,काँसघारीलाई सुरक्षित बासस्थल बनाई दर्जर्नौ जंगली बँदेल बस्दै आएका छन् । केही सातादेखी लक्षमिनिया,बुनियाद लगायतका गाँउका मुसहर समुदायका युवाहरुले पटक पटक लखेटेर बँदेलको सिकार गर्नथाले पछी बंदेलहरु आक्रोसित भई घँसीया माथी आक्रमणगर्न थालेको स्थानियहरुले बताएका छन । एकसाता अघिमात्र सिकार गर्न गएका भसेढवा गाविसका एकजना र लक्षमिनियाका एकजनागरी दुईजना युवक बंदेलको आक्रमणबाट गम्भिर घाईते भएका थिए । स्थानिय किशानहरुले लगाएको बाली नाली पछिलो केही समय देखी निलगाई र बंदेलले सखाप गर्नथाले पछी हैरान भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण