नेपाली सेनाको पुर्व हवल्दार पेस्तोलसहित बालाजुबाट पक्राउ
मङ्गलबार, ०७ असार २०७३, १० : ५५
काठमाडौं–एक वर्षअघि नेपाली सेनाको जागिर छाडेका रण बहादुर ढकाललाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ । ७ दशमलव ६५ क्यालिवरको अमेरिकन पेस्तोल बोकेर लुटपाट गर्न हिँडेका ढकाललाई बालाजुस्थित नयाँ पुल बाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डिएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । २०६० सालबाट नेपाली सेनामा भर्ना भएका ढकालले २०७१ मा जागिर छाडेको बताईएको छ । सेनाको पुर्व हवल्दार रहेका ढकाल पेस्तोल बोकेर लुटपाट गर्ने योजनासहित हिँड्दै गर्दा गत राती उनलाई नियन्त्रणमा लिईएको डिएसपी राठौरले बताए । गोरखा स्थायी घर भएका ढकालको साथबाट ५ राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण